रौतहट, कात्तिक ५ :

रौतहटको गौर नगरपालिकाका पूर्ववडाध्यक्षको करेन्ट लागेर मृत्यु भएको छ । गौर नगरपालिका-५ का पूर्ववडाध्यक्ष रामस्वार्थराय यादवको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।

आफ्नै बाख्रा फर्ममा पानी भर्न मोटर चलाउने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।