बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति मधेस प्रदेश

मधेश प्रदेश सरकार विस्तारबारे सत्तापक्षीय पाँच दलको बैठक बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ७ कात्तिक, २०८२ मा प्रकाशित
मधेश प्रदेश सरकार विस्तारबारे सत्तापक्षीय पाँच दलको बैठक बस्दै
धनुषा, कात्तिक ७ :

मधेश प्रदेश सरकार विस्तारबारे छलफलका लागि आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । 

सत्तापक्षका  नेकपा माओवादी केन्द्र,जसपा नेपाल,जनमत, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको बतताईएको छ । बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे पनि छलफल हुने बताईएको छ ।

खासगरी बैठकमा सरकार बिस्तार,मन्त्रालय बाँडफाँड,सरकारले विश्वासको मत लिने लगायत विषयमा छलफल हुने बताइएको छ । ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त भएका हुन् । उनले  असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । 
उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् । बिना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छैन ।

सत्तापक्षीय दलहरूभित्र मन्त्रालय बाँडफाँडको बिषय नटुंगिएकोले मुख्यमन्त्री नियुक्त भएको एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार