बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

आत्मदाह प्रयास गरेकी गायिका पौडेलको उपचारको क्रममा मृत्यु

१२ दिनअघि लेखेकी थिइन् निराशाजनक स्टाटस
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ७ कात्तिक, २०८२ मा प्रकाशित
आत्मदाह प्रयास गरेकी गायिका पौडेलको उपचारको क्रममा मृत्यु
काठमाडौं, कात्तिक ७ :

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

पौडेलले गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।  गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यसअघि उक्त घटनामा प्रहरीले गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। गिरीकै स्टुडियो अगाडि पौडेलले आत्मदाहको प्रयास गरेकी थिइन् । सोही कारण प्रहरीले उनलाई बोलाएर घटनाको सम्बन्धमा सोधपुछ गरेको हो ।

१२ दिनअघि लेखेकी थिइन् निराशाजनक स्टाटस

करिब १२ दिनअघि उनले आफ्नो फेसबुक पेजमा एक निराशाजनक स्टाटस लेखेकी थिइन्। उनले लेखेकी थिइन् - ‘हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?’ 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार