बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

कैलालीमा पौडी खेल्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ७ कात्तिक, २०८२ मा प्रकाशित
कैलालीमा पौडी खेल्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु
प्रतीकात्मकर तस्बिर ।
कैलाली, कात्तिक ७ :

कैलालीमा पौडी खेल्ने क्रममा तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्न गएका बालिकाहरू डुबेका हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–५ नवलपुरकी १२ वर्षीया सुलोचना उपाध्याय, १० वर्षीया निषा बजगाई र ८ वर्षीया मानसी बजगाई रहेका छन्।

शुक्रबार मध्यान्ह कुलरियामा पौडी खेल्ने क्रममा एक बालिका डुबेपछि अर्कीले उद्धार गर्न खोज्दा तीनै जना डुबेको बताइएको छ। स्थानीयले तत्काल उद्धार गरी टीकापुर अस्पताल पुर्‍याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

दिदीबहिनी निषा र मानसी जनजागृति माध्यमिक विद्यालय, टीकापुरमा कक्षा ५ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय समुदाय शोकाकुल बनेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार