बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
समाचार

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ९ कात्तिक, २०८२ मा प्रकाशित
क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित
काठमाडौं, कात्तिक ९ :

प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याब्रिअन पट्रोल २०२५’ मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई आज प्रशंसा पदक प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उक्त अभ्यासमा सहभागीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अन्तरराष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पु¥याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापकलाई प्रशंसा निशानद्वारा सम्मान गरिएको हो । गत असोज १७ गतेबाट  २६ गतेसम्म  बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको उक्त अभ्यासमा ३३ राष्ट्रका ११७ वटा टोलीको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार