बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

‘कम्युनिस्ट पार्टी नेपाल’को नाममा पार्टी दर्ता गर्न आयोगमा विप्लव पक्षको निवेदन

दल दर्ताका लागि १७ नयाँ दलको निवेदन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ११ कात्तिक, २०८२ मा प्रकाशित
‘कम्युनिस्ट पार्टी नेपाल’को नाममा पार्टी दर्ता गर्न आयोगमा विप्लव पक्षको निवेदन
काठमाडौं, कात्तिक ११ :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले नयाँ नाममा पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। विप्लवले आफ्नो पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरेका छन् । पार्टीबाट अनुमोदन गरी उक्त प्रस्ताव अनुसार दल दर्ताका लागि नेताहरूले आयोगमा निवेदन दिएका हुन् ।

नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘कर्णजित बुढा’ लगायतका नेताहरूको टोलीले आयोगमा पुगेर दल दर्ताको निवेदन दर्ता गराएको हो ।

मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि आयोजित पत्रकार सम्मेलनमा प्रकाण्डले क्रममा आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरे ।

प्रवक्ता विश्वकर्माका अनुसार आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने उद्देश्यसहित दल दर्ताको प्रक्रिया अघि बढाइएको हो । उनले भने, ‘हाम्रो पार्टी अब चुनावमार्फत राजनीतिक यात्रामा अगाडि बढ्न चाहन्छ ।’

निर्वाचन आयोगले प्राप्त निवेदन अध्ययन गरेर निर्णय गर्नेछ । आयोगले प्रस्ताव गरिएको नाम, चुनाव चिन्हलगायत विषयमा निर्णय गरेपछि मात्र दलले आधिकारिकता पाउनेछ ।

हालसम्म आयोगमा १२४ दल दर्ता भइसकेका छन् भने विप्लव नेतृत्वको पार्टीसहित १७ दलले नयाँ दर्ताका लागि निवेदन दिएका छन् ।

प्रवक्ता विश्वकर्माले दलको चुनाव चिन्हका रूपमा ‘लालीगुँरास’ माग गरिएको बताए । उनले भने, ‘हामीले लालीगुँरास चिन्हको प्रस्ताव गरेका छौं । यदि त्यो नपाए अरु विकल्पमा जाने तयारी पनि छ ।’ निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने अन्तिम म्याद यही कात्तिक ३० गतेसम्म तोकिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार