बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश लुम्बिनी प्रदेश

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको मृत्यु

उनी विद्युत् लाइन काटिएको विरोधमा आयोजित कार्यक्रममा बोल्दै थिए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १३ कात्तिक, २०८२ मा प्रकाशित
भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष कमल गौतमको मृत्यु
बुटवल, कात्तिक १३ :

नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि भएको विरोध कार्यक्रममा भाषणकै क्रममा उनी बेहोस भएर ढलेका थिए।

नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका उद्योगहरूको विद्युत् लाइन काटिएको विरोधमा आयोजित कार्यक्रममा गौतम उद्योगी र मजदुरको तर्फबाट वक्ताका रूपमा सहभागी भएका थिए। 

उनीलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। ६५ वर्षीय गौतमको मृत्यु हृदयघातका कारण भएको हो।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन्। २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय रहेका उनका दुई छोरा र श्रीमती छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार