
काठमाडौं, कात्तिक २० :
गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको निरीक्षण गरेका छन् । बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको पूर्वराष्ट्रपति भण्डारीको निरीक्षण गर्दै क्षतिको बिवरण लिए ।
त्यसलगतै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल समेत गरे । छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीका बारेमा चासो व्यक्त गरेका थिए ।
यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको समेत निरिक्षण गर्नुभएको थियो भने पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।