बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त पूर्वराष्ट्रपति भण्डारीको घरको निरीक्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २० कात्तिक, २०८२ मा प्रकाशित
गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा क्षतिग्रस्त पूर्वराष्ट्रपति भण्डारीको घरको निरीक्षण
काठमाडौं, कात्तिक २० :

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको निरीक्षण गरेका छन् । बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको पूर्वराष्ट्रपति भण्डारीको निरीक्षण गर्दै क्षतिको बिवरण लिए ।

त्यसलगतै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल समेत गरे । छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीका बारेमा चासो व्यक्त गरेका थिए ।

यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको समेत निरिक्षण गर्नुभएको थियो भने पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार