
फाइल तस्बिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद् भंग गरेको आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाएका हुन् ।
उनले बिघटित प्रतिनिधिसभाको पुन:स्थापनको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको जानकारी दिए। ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जनेजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पाए।
निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका बिषयमा अदालतले गरेको आदेश समेत प्रधानमन्त्रीले उलंघन गरेको धारणा राखे । उनले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताए ।
अदालतमा आगो लगाउनेहरुबाट बनेको सरकारले निरन्तर रुपमा असंवैधानिक कार्य गरिरहेको उनको भनाइ छ । त्यस्तै ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताउनुभयो । झलनाथ खनाल आफुसँग कुरा गर्न आएको भन्दै उनले पदमा कुरा नमिलेपछि माओवादीसँग मिल्न गएको बताए।