बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

मनाङमा सम्पर्कविहीन भारतीय बाबु-छोरीको शव फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २३ कात्तिक, २०८२ मा प्रकाशित
तस्बिर : सशस्त्र प्रहरी नेपाल
तस्बिर : सशस्त्र प्रहरी नेपाल
मनाङ, कात्तिक २३ :

 कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव मनाङमा फेला परेको छ।

सशस्त्र प्रहरीका अनुसार भारतका ५२ वर्षीय जिग्नेस कुमार लल्लुभाई पटेल र उनकी १७ वर्षीया छोरी प्रियन्सा कुमारी पटेलको शव आइतबार दिउँसो करिब २ बजे फेला परेको हो। उनीहरू मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलमा बसोबास गर्दै आएका थिए।

कात्तिक ३ गते उनीहरूले सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जाने भनेर होटलबाट हिँडेका थिए। त्यसयता उनीहरू सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन भएपछि होटलले सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो। प्रारम्भिक खोजीमा उनीहरू नभेटिएपछि कार्तिक २३ गते सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जिसीको कमाण्डमा माउण्टेन रेस्क्यु तालिमप्राप्त टोली थप उद्धार सामग्रीसहित खटिएको थियो।

टोलीले मलेरिपा गुम्बाबाट करिब सय मिटर माथि उनीहरूका शव हिउँले पुरिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार