काठमाडौं, कात्तिक २६ :

सरकार र दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीच वार्ता भएको छ । बुधबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग महाअभियानका प्रतिनिधिबीच वार्ता भएको हो ।

वार्ताका क्रममा महाअभियानको तर्फबाट गृहमन्त्रीसमक्ष २७ बुँदे माग प्रस्तुत गरिएको छ । पहिलो चरणको वार्ता सकारात्मक ढंगले अघि बढेको प्रवक्ता माधव कल्पितले बताए । २७ बुँदेमा केही राजनीतिक बाहेक अरु सबै सरकारले नै पूरा गर्न सक्ने खालको भएको बताइएको छ ।

उनले आन्दोलन र वार्ता सँगसँगै जाने समेत बताए । नागरिक बचाउ अभियान मंसिर ७ गतेबाट अनिश्चितकालिन आन्दोलन घोषणा गरिसकेको छ । उनले आन्दोलन गर्नु आफूहरुको रहर नभई बाध्यता भएको बताए । आन्दोलन सुरु हुनुभन्दा अगावै आफूहरुको माग सरकारले पूरा गर्ने उनको विश्वास छ ।
जनताका अभिभावक सरकार हो तसर्थ सरकारले जनताको माग पूरा गर्नुपर्छ महाअभियानको ठहर छ । 

सहकारी, लघुवित्त लगायतबाट लिएको २० लाभ भन्दा मुनिको ऋण मिनाह गर्नुपर्ने दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको माग छ । ऋणको कै कारण कतिपय दिदीबहिनीहरु विदेशमा शरीर बेच्च बाध्य भएको र बाबुको ऋणका कारण छोराछोरी विदेश जानबाट बन्चित भएको बारेमा समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।