बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति भिडियो

नागरिक उन्मुक्ति पार्टी नेपाल आयोगमा आधिकारिक रूपमा दर्ता, चुनाव चिह्न ‘जाँतो’

कुल दलको संख्या १२६ पुग्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २६ कात्तिक, २०८२ मा प्रकाशित
नागरिक उन्मुक्ति पार्टी नेपाल आयोगमा आधिकारिक रूपमा दर्ता, चुनाव चिह्न ‘जाँतो’
काठमाडौं, कात्तिक २६ :

नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। कवीर सोप अध्यक्ष रहेको उक्त पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। आयोगले आवश्यक प्रक्रिया पूरा गरी पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो।

चुनाव चिह्न ‘जाँतो’ रहेको नागरिक उन्मुक्ति पार्टी हालैको जेनजी आन्दोलनपछि दर्ता हुने पाँचौं राजनीतिक दल बनेको छ। यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, र सीके राउतको जनमत पार्टीबाट विभाजन भएको जनस्वराज पार्टी आयोगमा दर्ता भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म कुल १२६ राजनीतिक दल दर्ता भइसकेका छन्। साथै, नयाँ दर्ताका लागि २९ दलले निवेदन दिएको आयोगले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार