बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार

आईजीपी कार्कीको पहिलो निर्णयमै प्रहरीका लागि राहत, सईसम्मका लागि सहुलियत कर्जा वृद्धि

१० करोड रुपैयाँ छुट्याइने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २७ कात्तिक, २०८२ मा प्रकाशित
आईजीपी कार्कीको पहिलो निर्णयमै प्रहरीका लागि राहत, सईसम्मका लागि सहुलियत कर्जा वृद्धि
काठमाडौं, कात्तिक २७ :

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदभार ग्रहणसँगै वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि गर्ने निर्णय गरेका छन्।

आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यभार सम्हाल्दै उनले पहिलो निर्णयको रूपमा २ लाखको आकस्मिक कर्जा विस्तार गर्ने घोषणा गरेका हुन्। शिक्षा, स्वास्थ्य र घरायसी समस्यामा परेका प्रहरी कर्मचारीलाई कार्यविधि बनाएर सहुलियत कर्जा दिइनेछ।

यसका लागि १० करोड रुपैयाँ छुट्याउने तयारी गरिएको छ।हाल प्रहरी कर्मचारीलाई पाँच प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइँदै आएको छ। नयाँ व्यवस्थाअनुसार पनि ब्याजदर यथावत राखी कर्जा एक वर्षभित्र फिर्ता गर्नुपर्ने प्रावधान रहनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार