बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश गण्डकी प्रदेश

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य, विश्वविद्यालय ऐन संशोधन पारित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २८ कात्तिक, २०८२ मा प्रकाशित
गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य, विश्वविद्यालय ऐन संशोधन पारित
कास्की, कात्तिक २८ :

गण्डकी प्रदेश सभाको चालु बर्खे (आठौँ) अधिवेशन शुक्रबार मध्यरात १२ बजेदेखि अन्त्य भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको सिफारिसअनुसार अधिवेशन अन्त्य गरेका हुन्। जेठ ११ मा सुरू भएको यस अधिवेशनअन्तर्गत २९ वटा बैठक बसेका थिए।

अन्तिम बैठकमा उपसभामुख बिनाकुमारी थापाले अधिवेशन समाप्त भएको जानकारी गराइन्। सो बैठकमा एमाले संसदीय दलका नेता खगराज अधिकारी र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सम्बोधन गरे।

बैठकले गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयक पारित गरेको छ। साथै औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार