बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समिति बैठक

विभिन्न समूहका प्रदर्शन र आन्दोलनबारे छलफल हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३० कात्तिक, २०८२ मा प्रकाशित
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समिति बैठक
फाइल तस्बिर ।
काठमाडौं, कात्तिक ३० :

गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । समसामयिक सुरक्षा परिस्थितिबारे छलफल गर्न सुरक्षा समितिको बैठक बोलाइएका हुन् ।

बैठकमा गृहसचिव रामेश्वर दंगाल, नेपाली सेनाका एक जना रथी, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले सहभागी हुनेछन् ।

बैठकमा विभिन्न समूहले घोषणा गरेका प्रदर्शन र आन्दोलनका कार्यक्रमबारे समेत छलफल हुने बताइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार