बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

केपी ओलीले भने- वर्तमान सरकार असंवैधानिक र अलोकतान्त्रिक छ

‘नेपो बेबी’भनेर बालबालिकालाई मानसिक तनाव दिने काम भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ मंसिर, २०८२ मा प्रकाशित
केपी ओलीले भने- वर्तमान सरकार असंवैधानिक र अलोकतान्त्रिक छ
काठमाडौं, मंसिर २ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा भन्दा अहिले झन् भ्रष्टाचार मौलाएको बताएका छन् । विघटित प्रतिनिसभाका एमालेका सांसद्हरुको बैठकमा अध्यक्ष ओलीले अहिले विद्युत गरिदका ठूला-ठूला भ्रष्टाचारका काण्डहरु सुन्नमा आएको बताए  ।

‘नेपो बेबी’भनेर बालबालिकालाई मानसिक तनाव दिने काम भएको जनाउँदै उनले यसलाई बालबालिका विरोधी अपराध भएको बताए ।  कुनै पनि बालबालिकालाई आतंकित बनाउन काम गर्न नहुने उनले बताए ।

कम्युटरको जेनेरेशनलाई जेनजी भनेर अपराधी काममा उत्प्रेरित गराएको उनको आरोप थियो । ओलीले भने, ‘फेक जेनजीको प्रयोग भयो, माइतीघरदेखि एभरेष्टसम्म गएका जेनजी हुन् , त्यसभन्दा उता प्रयोग भएका जेनजी होइनन्  । 

जेनजी युनिफर्मा भएका थिए त्यहाँ खेटेकाहरु कालो पहिरनमा आएको बताए ।वर्तमान सुशीला कार्की नेतृत्वको सरकार नेपाली जनताको नभएको भन्दै सरकार  ‘शो कलड’ भएको बताए । यो सरकार कसले बनायो र कसले टिकायो ? भनी प्रश्न गर्दै कार्की नेतृत्वको  सरकार असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरे । उनले भने,‘यो सरकार आगजनी र तोडफोड र लुटपाटबाट बनेको सरकार  हो ।’ उनले प्रतिनिधसभा विघटन असंवैधानिक भएको जनाउँदै सिफारिसनै अनधिकृत भएको बताए ।

उनले अहिलेको सरकार हट्नु पर्ने र संसद् पुन:स्थापना हुनुपर्ने अडान दोहर्याएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार