बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

चन्द नेतृत्वको नेकपा (माओवादी) ले पायो दलको मान्यता

निर्वाचन चिह्न ‘गुलाब’ को फूल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ मंसिर, २०८२ मा प्रकाशित
चन्द नेतृत्वको नेकपा (माओवादी) ले पायो दलको मान्यता
काठमाडौं, मंसिर २ :

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।

आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो दलले गुलाबको फूल निर्वाचन चिह्न पाएको छ ।

गत कात्तिक ११ गते आयोगको कार्यालय पुगेर ‘कम्युनिष्ट पार्टी नेपाल’का नाममा सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताले दल दर्ताको निवेदन दिएका थिए । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दल एकतापछि नेकपा (माओवादी) को मान्यता दिइएको हो ।

विसं २०७७ फागुन २० गते सरकारसँगको सहमतिपछि  विप्लव समूह तत्कालीन अर्धभूमिगत अवस्थाबाट मूलधारको राजनीतिमा आएको थियो । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा नयाँ दल दर्ताका लागि निवेदन दिएका दलहरूले मान्यता पाउने क्रम जारी रहेको छ भने निर्वाचनको प्रयोजनका लागि यही मङ्सिर १० गतेभित्र दलहरूले निवेदन दिनुपर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार