अमेरिकाबाट बुधबार फर्काइएका ३५ जना नेपालीको सूची सार्वजनिक भएको छ। अध्यागमन विभागका अनुसार डिपोर्ट भएकाहरू दाङ र रुकुमका बढी छन्। दाङका १४ जना र रुकुमपूर्व तथा पश्चिमका ११ जना छन्।
उक्त सूचीअनुसार महोत्तरी, मकवानपुर, काठमाडौं, रोल्पा, बाँके, बाग्लुङ, पर्वत, सिन्धुपाल्चोकका एक/एक जना छन्।
फिर्ता भएकामध्ये केही व्यक्तिले २ करोड रुपैयाँसम्म खर्च गरी अमेरिका पुगेको उल्लेख गरिएको छ। त्रिभुवन विमानस्थलमा अवतरण भएपछि अध्यागमन कार्यालयमार्फत् आवश्यक प्रक्रिया पूरा गरी परिवारजनको जिम्मा लगाइएको छ। डिपोर्टको कारण ‘गैर-आवासीय प्रवेश’ ठहर गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।