बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

देशलाई छिटै संवैधानिक बाटोमा फर्काउने ओलीको दाबी

एमालेलाई निषेध गर्न खोजिए त्यो राम्रो हुने छैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ मंसिर, २०८२ मा प्रकाशित
देशलाई छिटै संवैधानिक बाटोमा फर्काउने ओलीको दाबी
काठमाडौं, मंसिर ६ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै, देशलाई छिटै संवैधानिक बाटोमा फर्काइने बताएका छन्।

शनिबार पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै ओलीले असंवैधानिक तरिकाले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको बताए। अब देशलाई छिटै संवैधानिक बाटोमा फर्काइने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘अराजकताको राज लामो समय टिक्ने छैन। अहिलेको स्थिति अन्त्य गर्न हामी छिटै अघि बढ्नेछौं।’ उनले प्रतिनिधिसभाको विघटन असंवैधानिक रहेको भन्दै, त्यसलाई तत्काल पुनःस्थापना ग उनले जेन-जी आन्दोलनको नाममा केही व्यक्तिहरूलाई तालिम दिइ, घृणा फैलाउने काम भइरहेको दाबी गरे।

अध्यक्ष ओलीले पार्टीको कार्यक्रमलाई असफल बनाउन नियोजित प्रयासहरूको विरोध गरे। ‘एमालेलाई निषेध गर्ने क्रम जारी रह्यो भने त्यो सैह्य हुनेछैन,’ उनले स्पष्ट पारे। उनले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई सरकारको नाटक मात्रै भएको भन्दै निर्वाचन हुने भन्ने भ्रम नपाल्न आग्रह गरे।
अध्यक्ष ओलीले अदालतको वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुने पनि बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार