बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोली स्वदेश फर्कियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ मंसिर, २०८२ मा प्रकाशित
दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोली स्वदेश फर्कियो
काठमाडौं, मंसिर ८ :

दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टोली सोमबार दिउँसो स्वदेश फर्किएको छ। 

श्रीलंकाको कोलम्बोमा सम्पन्न पहिलो संस्करणको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल उपविजेतामा सीमित भएको हो।

आइतबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भयो। बलियो प्रतिस्पर्धा प्रस्तुत गरे पनि नेपाल उपाधि जित्न सकेन र दोस्रो स्थानमा रह्यो।

यस प्रतियोगितामा नेपालसहित ७ राष्ट्रको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार