बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
राजनीति

औपचारिक पत्रबिना छलफलमा नबस्ने विशेष महाधिवेशन पक्षधरको अडान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ मंसिर, २०८२ मा प्रकाशित
औपचारिक पत्रबिना छलफलमा नबस्ने विशेष महाधिवेशन पक्षधरको अडान
फाइल तस्बिर ।
काठमाडौं, मंसिर १२ :

कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्ने नेताहरूले औपचारिक पत्र नआएसम्म कुनै पनि छलफलमा सहभागी नहुने अडान लिएका छन्।

विशेष महाधिवेशनको मागसहित निवेदन आधिकारिक रूपमा पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेकाले छलफलका लागि पनि सोही अनुसार औपचारिक पत्र आवश्यक पर्ने उनीहरूको तर्क छ।  विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनबारे नभई विशेष महाधिवेशनसम्बन्धी विषयमै केन्द्रित छलफल हुनुपर्ने स्पष्ट धारणा राखेका छन्। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मौखिक जानकारीका आधारमा आज बिहान बोलाएको बैठकमा उनीहरू उपस्थित भएनन्।  यद्यपि संस्थापन पक्षकै २८ केन्द्रीय सदस्यहरूको अर्को समूहले भने निर्वाचनअगाडि नै नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्। विशेष महाधिवेशन पक्षधरले पार्टीले आफ्नो औपचारिक एजेन्डा छलफलका लागि अघि नबढाएको गुनासो गर्दै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार