बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन #‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन
राजनीति

एमाले महाधिवेशन : उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधिलाई नबोलाउने

उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ मंसिर, २०८२ मा प्रकाशित
एमाले महाधिवेशन : उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधिलाई नबोलाउने
फाइल तस्बिर ।
काठमाडौं, मंसिर १६ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन् ।

छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले उहाँहरुलाई नबोलाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना सन्देशमा भने आउने छ ।’

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार