बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

ओलीको दाबी- अबको सरकार एमालेको हुनेछ, हाहुको भरमा चल्ने छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० मंसिर, २०८२ मा प्रकाशित
ओलीको दाबी- अबको सरकार एमालेको हुनेछ, हाहुको भरमा चल्ने छैन
फाइल तस्वीर ।
काठमाडौं, मंसिर २० :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पनि राजनीतिक दलहरूको सरकार बन्ने दाबी गरेका छन्। उनले वर्तमान सरकारलाई असंवैधानिक र हाहुकै भरमा आएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले भने, ‘अहिले धेरै मानिसहरू फेरि दलहरू आउने, तीनै पुराना शक्तिहरू फर्कने भन्ने प्रश्न गरिरहेका छन्। अब सरकार कसको बन्ने हो? फेरि हाहुको भरमा सरकार बन्ने हो त?’ उनले भने,‘अब फेरि पुराना नेता फर्कन्छन् भने, के थाहा छैन भन्ने पुराना नेता किन फर्कने त?’

ओलीले आगामी चुनावमा एमालेको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, ‘चुनाव जुन बेला पनि होस्, हामी सरकार बनाउने खेलमा छैनौं। हामी शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित चुनावको पर्खाइमा छौं।’उनले यो फागुन २१ मा चुनाव नहुने बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई बाढीजस्तो संज्ञा दिँदै भने, ‘एमाले एउटा विशला नदीमा आएको बाढीजस्तो हो।’ अध्यक्ष ओलीले आगामी चुनावमा एमालेको विजयमा कुनै शंका नगर्न र पार्टीका बारेमा विश्वास राख्न आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार