काठमाडौं, मंसिर २१ :
नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।
उनलाई धरौटीमा रिहा गर्नुपर्ने आधार नदेखिएको भन्दै अदालतले थुनामा पठाउन आदेश दिएको हो ।
भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण प्रकरणमा भ्रष्टाचार भएको जनाउँदै अख्तियारले उनलाई केही दिनअघि नियन्त्रणमा लिएर अनुसन्धानपछि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ