काठमाडौं, मंसिर २१ :

नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश जारी गरेको हो ।

उनलाई धरौटीमा रिहा गर्नुपर्ने आधार नदेखिएको भन्दै अदालतले थुनामा पठाउन आदेश दिएको हो ।

भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण प्रकरणमा भ्रष्टाचार भएको जनाउँदै अख्तियारले उनलाई केही दिनअघि नियन्त्रणमा लिएर अनुसन्धानपछि  विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।