
गैरसरकारी संस्था महासंघले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न माग गर्दै प्रधानमन्त्री सुशिला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
७७ औं मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा आयोजित कोणसभाका क्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले नागरिक समाजका तर्फबाट प्रधानमन्त्रीलाई चिट्ठी हस्तान्तरण गरे ।
तोकिएको समयमै भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न माग माग गर्दै नागरिक समाजले प्रधानमन्त्रीलाई चिट्ठी हस्तान्तरण गरेको हो ।
यसैगरी ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पनि चिट्ठी बुझाउने तयारी भएको महासंघले जनाएको छ ।
महासंघको संयोजनमा बुधबार ‘मानव अधिकार: हामी सबैको अपरिहार्य आधार’ भन्ने मूल नारासहित ललितपुरको ललित मण्डपबाट र्याली गरिएको थियो ।र्यालीमा विभिन्न संघसंस्था तथा अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।