शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा #धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा
समाचार अर्थतन्त्र

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

· बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
Binimaya dar
काठमाडौं, मंसिर २५ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४४  पैसा र बिक्रीदर १७९ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८२ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा कायम भएको छ । यसैगरी स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ  ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार