
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी छन् ।
बिहीबार पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद भवनमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।
संसद भवनको अवलोकन गरेपनि भण्डारीले आफूलाई संसद भवनको अवस्था देखेर दुःख लागेको संक्षिप्त प्रतिक्रिया दिइन् ।
जेनजी आन्दोलनका क्रममा संसद भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो । ध्वस्त भएको नयाँ बानेश्वरस्थित संघीय संसद पुनर्निर्माण भन्दा पनि सरकारले सिंहदरबारमा निर्माणधीन संसद भवनबाटै काम सुरु गर्ने गरि तयारी गरिरहेको छ ।