बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

आगजनीबाट ध्वस्त संसद् भवनको अवस्था देखेर पूर्वराष्ट्रपति भण्डारी भइन् दुःखित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
आगजनीबाट ध्वस्त संसद् भवनको अवस्था देखेर पूर्वराष्ट्रपति भण्डारी भइन् दुःखित
काठमाडौं, मंसिर २५ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी छन् ।

बिहीबार पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद भवनमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

संसद भवनको अवलोकन गरेपनि भण्डारीले आफूलाई संसद भवनको अवस्था देखेर दुःख लागेको संक्षिप्त प्रतिक्रिया दिइन् ।

जेनजी आन्दोलनका क्रममा संसद भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो । ध्वस्त भएको नयाँ बानेश्वरस्थित संघीय संसद पुनर्निर्माण भन्दा पनि सरकारले सिंहदरबारमा निर्माणधीन संसद भवनबाटै काम सुरु गर्ने गरि तयारी गरिरहेको छ । 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार