बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति

पोखरेलको सुझावपछि ओलीको प्रतिक्रिया: बयान दिन जाने-नजाने मेरो कुरा हो, कानुनी परिणाम भोग्न तयार छु

भन्छन्- फागुन २१ पछि परिस्थिति बदलिन सक्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
पोखरेलको सुझावपछि ओलीको प्रतिक्रिया: बयान दिन जाने-नजाने मेरो कुरा हो, कानुनी परिणाम भोग्न तयार छु
काठमाडौं, मंसिर २५ :

एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान दिन नजाने स्पष्ट गरेका छन्। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले आयोगमा उपस्थित हुनुपर्ने बताएका भोलिपल्ट नै ओलीले सरकारलाई असंवैधानिक भन्दै आयोगका कार्यलाई अस्वीकार गर्ने घोषणा गरेका हुन्।

ओलीले बयान दिनु–नदिनु आफूले तय गर्ने विषय भएको उल्लेख गर्दै कानुनी परिणाम भोग्न तयार रहेको बताए। उनले भने, ‘उपाध्यक्षज्यूलाई किन सञ्चो भएन, मलाई थाहा छैन। बयान दिन जाने–नजाने मेरो कुरा हो। कानुनी कुरा मलाई पनि थाहा छ, त्यसका परिणामभोग गर्ने जिम्मा पनि मेरो नै हो।’

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारप्रति असन्तोष व्यक्त गर्दै ओलीले फागुन २१ पछि राजनीतिक परिस्थितिले नयाँ मोड लिन सक्ने चेतावनी दिए।

कार्की नेतृत्वको सरकारलाई ‘असंवैधानिक’ बताउँदै ओलीले त्यसका क्रियाकलापलाई प्रतिशोधपूर्ण र गैरकानुनी भएको आरोप लगाए। ‘यो अन्तरिम सरकार होइन। राष्ट्रपतिले दिएको म्यान्डेट निर्वाचन गर्ने भन्ने हो,’ उनले भने, ‘समय गतिशील छ। फागुन २१ पछि २२ पनि आउँछ। ध्यान राखेर, होससम्हालेर चल्न म सरकारलाई सचेत गराउँछु।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार