बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
राजनीति भिडियो

ओलीको टिप्पणी : सरकार र जेनजीबीच भएको सम्झौता कलाविहीन नाटक

प्रतिनिधिसभा पुन:स्थापना हुने दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
ओलीको टिप्पणी : सरकार र जेनजीबीच भएको सम्झौता कलाविहीन नाटक
काठमाडौं, मंसिर २५ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व चयनका बारेमा पूर्व सर्तराख्नेहरुसँग कुनै सहमति नहुने स्पष्ट पारेका छन् ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुले नेतृत्व छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने स्पष्ट पारे । उनले अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले बाहिरबाहिर उम्मेदवारी घोषणा गरेर हिडेपनि आफूसँग कुनै छलफल नगरेको जिकिर गरे । 

अध्यक्ष ओलीले भरसक सहमतिबाट नेतृत्व चयन गरिने बताउँदै सहमति हुन नसके करकाप नगरिने बताए । सहमति नभए स्वच्छ प्रतिष्पर्धा हुने उनले स्पष्ट पारे ।  उनले प्रतिनिधिहरूले विश्वास गरे भने आफ्नो पार्टी अध्यक्ष पद निरन्तर हुने स्पष्ट गरे । यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिष्पर्धा वा बिना करकाप नेतृत्व छानिने बनाए । उनले अध्यक्ष ओलीले ईश्वर पोखरेल लगायतका केही मानिसहरु आफ्नो विरुद्ध सुशीला कार्कीसँग मिलेर लागेको उल्लेख गरे ।

त्यस्तै अध्यक्ष ओलीले सरकार र जेनजीबीच भएको सम्झौता कलाविहीन नाटक भएको टिप्पणी गरे । अहिलेको सरकारको कुनै कानुनी हैसियत नभएकाले जेनजीसँग सरकारले गरेको सम्झौता संवैधानिक हुन नसक्ने उनले बताए । कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर–माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए । कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने उनले बताए । हैसियत बिनाको व्यक्तिले बिना प्रक्रिया अनधिकृत रुपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापित हुनु पर्ने उनको धारणा छ ।

अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गर्दै अध्यक्ष ओलीले अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको बताए । भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको भन्दै उनले आफू देश छाडेर कतै नगएको र नजाने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार