बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
खेलकुद क्रिकेट

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा
काठमाडौं, मंसिर २५ :

लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दोस्रो क्वालिफायरमा ४० रनले पराजित गर्दै पहिलो पटक  नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुनिश्चित गरेको छ ।

आज सम्पन्न दोस्रो क्वालिफायरमा  विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । एक सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान,  अभिषेश गौतम र जेजे स्मिथले दुई दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे । रुबेल ट्रम्पलम्यानले अविजित  ११ रन बनाए ।

बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन÷तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । एनपिएलको फाइनल खेल शनिबार हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार