बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
राजनीति

दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन ओलीलाई आग्रह

सूचना टाँस गरेर नेता चयन गर्ने परिपाटीलाई अन्त्य गर्नुपर्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन ओलीलाई आग्रह
काठमाडौं, मंसिर २६ :

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एमाले महाधिवेशन केन्द्रीत युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले दुई वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि दुई कार्यकालको विषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गरेका हुन् ।

पार्टी भित्र स्वस्थ बहसबाट दुई कार्यकालको बिषयलाई टुङ्गो लगाउनुपर्ने उनले बताए । उनले अब युवाको शक्तिबिना पार्टी अघि बढ्न नसक्ने भन्दै यसलाई यथार्थलाई परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए ।

देश र पार्टी संकटमा रहेकाले नयाँ ढंगले समाधान गर्न पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताए ।

उनले महाधिवेशनमा सूचना टाँस गरेर नेता चयन गर्ने परिपाटीलाई अन्त्य गर्दै लोकतान्त्रीक विधिद्वारा कार्यकर्ताले आफ्नो नेता चयन गर्न पाउनुपर्नेमा जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार