बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ

यसअघि नै दर्ता भएका थिए सात मुद्दा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ
काठमाडौं, मंसिर २६ :

विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् ।

सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनले आफू पूर्वराजाको भान्जा भएको भन्दै सहजै युवायुवतीलाई ठगी गर्ने गरेको थिए ।

युवायुवतीलाई विश्वास दिलाउन उनले होटल र आफ्नो कम्पनीबीचको नक्कली रोजगार–सम्झौता, काठमाडौँस्थित बेलायती दूतावासको नक्कली पत्र, नक्कली प्रवेशाज्ञा (भिसा) र हवाई टिकटलगायत कागजात देखाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

उनीहरूले आकर्षक तलबको प्रलोभनमा परी युवायुवतीमाथि ठगी गर्ने गरेका थिए । पैसा बुझाएर पनि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेका सिहंविरुद्ध यसअघि अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाठौँमा चार, ललितपुरमा दुई गरी छवटा ठगीसम्बन्धी कसुुर तथा पूर्वराजपरिवारको सदस्य भन्दै धाकधम्की दिएको भनी प्रहरी बृत्त दरबारमार्गमा एउटा मुद्दा दर्ता रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

कार्यालयले सिंहको समूहबाट ठगिएका अन्य पीडितहरूले निजविरुद्ध कानुनी कारबाहीका लागि आवश्यक कागजातसहित अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भ्रदकालीमा जाहेरी दिन अनुरोधसमेत गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार