
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
आज बिहान ७:३० बजे बोलाईएको बन्द सत्रको समय परिवर्तन गर्दै आज बिहान ९ बजेका लागि केन्द्रिय कमिटिको बैठक बोलाईएको हो । बैठक काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बोलाइएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने बताईएको छ । ओलीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुने बताईएको छ ।
यसअघि ७:३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२:३० बजेको लागि सारिएको छ । पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ ।
बन्द सत्रमा भाग लिनका लागि प्रतिनिधिहरु भेला हुन थालिसकेका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।