
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
क्रियाशिल सदस्यता व्यवस्थापन समितिले क्रम संख्या उल्लेख नभएको फाराम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुराकानी गर्नका लागि नेता कोइराला देउवालाई भेट्न गएका थिए ।
कोइराला केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न गएका थिए ।
भेटमा कोइरालाले क्रियाशिल सदस्य वितरण समितिले नम्बर विनाका फारम जिल्ला-जिल्ला पठाएको र यसले पार्टीभित्र देशभरि जटिल समस्या उत्पन्न सिर्जना गरेको कुरा देउवालाइ बताएका बताईएको छ ।
कोइरालाले विना नम्बरका ती फाराम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरेका थिए । कोइरालाले ती विना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्कसमेत राखेको बताईएको छ ।
२०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।