काठमाडौं, पुस १ :

नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ  तय गरिएको मतदान प्रक्रिया  स्थगित गरिएको छ। विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या देखिएपछि मतदान प्रक्रिया अब बुधबार बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरिएको छ।

मतदान साँझ ७ बजेदेखि सुरु हुने भनिएको थियो, जसका कारण प्रतिनिधिहरु लामबद्ध भएर बसेका थिए। तर प्राविधिक समस्याका कारण मतदान स्थगित गर्नुपरेको नेता शंकर पोखरेलले बताए। उनका अनुसार, मतदान प्रक्रिया भोलि बिहान ८ बजे सुरु हुनेछ ।