काठमाडौं, पुस ३ :

एमाले उप महासचिवमा लेखराज भट्ट र योगेश भट्टराईले प्रारम्भिक चरणमा अग्रता लिएका छन् ।

सबैभन्दा बढी १४७ मत लेखराजले पाउँदा योगेशले १४० मत प्राप्त गरेका छन् ।  तेस्रोमा रघुवीर महासेठ १२६ मत पाएका छन् । उपमहासचिवमा ३ जनाको कोटा छ ।

यस्तै आनन्द पोखरेलले ७१ मत पाउँदा रघुवीर महासेठले १२६, राजेन्द्र प्रसाद गौतमले २६ र वैजनाथ चौधरीले ५४ मत पाएका छन् ।

सचिवमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् ।  १५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ नवौं स्थानमा छन् । ९ सचिवका लागि जम्मा २० जना मैदानमा छन् ।