
फाइल तस्बिर ।
सुर्खेत, पुस ८ :
गृहमन्त्री ओमप्रकाश अर्याल कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा सहभागी हुन सुर्खेत पुगेका छन् । प्रदेशस्तरीय सुरक्षा समितिको बैठकका लागि गृहमन्त्रीको टोली आज सुर्खेत पुगेको हो । टोलीमा गृहसचिव रामेश्वर दंगाल, प्रवक्ता आन्नद काफ्लेलगायत छन् ।
यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथि गणेश कुमार श्रेष्ठ लगायतको टोली पनि आजै सुर्खेत पुग्दै छन् ।
भोलि हुने बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल हुने बताइएको छ । यसैबीच गृहमन्त्रीले आज भेरी बबई डाईभर्सनको अनुगमन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।