बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि जाँचबुझ आयोगको पत्र

७ दिनभित्र उपस्थित हुनू
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ पुस, २०८२ मा प्रकाशित
पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि जाँचबुझ आयोगको पत्र
फाइल तस्बिर ।
काठमाडौं, पुस ८ :

जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले लेखकलाई ७ दिनभित्रमा उपस्थित हुन पत्र पठाएको जानकारी दिए। भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए। लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानका लागि पत्र पठाउने आयोगको तयारी छ। ओलीले भने आयोगमा बयान दिन नआउँने जिकिर गर्दै आएका छन्।

यसअघि जाँचबुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्यसचिव, गृहसचिव, काठमाडौँका सीडीओ लगायतसँग बयान लिइसकेको छ। यसैबीच लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले बयानका लागि बोलाउँदै पठाएको पत्र आफूले प्राप्त गरिनसकेको बताएका छन् ।साथै उनले बयान दिन जाने नजाने विषयमा आफूले निर्णय गरिनसकेको बताए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार