बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुझाए कार्यवाहक सभापतिलाई स्मरण पत्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ११ पुस, २०८२ मा प्रकाशित
कांग्रेस विशेष महाधिवेशन पक्षधरले बुझाए कार्यवाहक सभापतिलाई स्मरण पत्र
फाइल तस्बिर ।
काठमाडौं, पुस ११ :

पूर्वनिर्धारित नियमित महाधिवेशनको प्रक्रिया अलमलमा परेको भन्दै नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले पार्टी नेतृत्वलाई स्मरण पत्र बुझाएका छन् ।

शुक्रबार विशेष महाधिवेशनको माग गर्दै नेता देवराज चालिसेको नेतृत्वमा रहेको समूहले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको हो । नियमित महाधिवेशन तोकिएको समयमै हुन नसक्ने अवस्था देखिएपछि विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको उनीहरूको निष्कर्ष छ ।

नेता चालिसेले नियमित महाधिवेशन अनिश्चित बनेको अवस्थामा पार्टीलाई निकास दिन विशेष महाधिवेशन अपरिहार्य भएको बताए । यसअघि पनि सो समूहले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्दै विशेष महाधिवेशनको माग अघि सारेको थियो ।

उक्त अभियानअन्तर्गत गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो । पार्टीभित्रको संगठनात्मक जटिलता समाधानका लागि नेतृत्वले गम्भीर ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार