काठमाडौं, पुस १४ :

 निर्वाचनको तयारी तीव्र बन्दै गएको बेला सरकारले गृह सचिवसहित सात जना सचिवको सरुवा गरेको छ।

पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्ने निर्णय गरेको छ। दंगालको स्थानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवको जिम्मेवारी दिइएको छ।

त्यसैगरी लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेलाई ल्याइएको छ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई जिम्मेवारी दिइएको छ।

सरकारले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनिक नेतृत्वमा फेरबदल गरेको बताइएको छ।