नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। रातिदेखि बिहानसम्मको लामो कसरतपछि कांग्रेसले ११० जनाको सूची तयार गरी आयोगमा बुझाएको हो।
सूची बुझाउने अन्तिम समय गएरातिसम्म भएकाले कांग्रेसले यसअघि नै निर्वाचन आयोगबाट टोकन लिएको थियो। सोमबार अबेर रातिसम्म बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको नाम अन्तिम रूप दिएको थियो।
त्यही सूची लिएर प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल राति नै आयोग पुगेका थिए। तर सूचीमा केही संशोधन आवश्यक परेपछि उनीहरू पुन: सभापति शेरबहादुर देउवासँग छलफल गरेर मिलाएका थिए ।
कांग्रेसभित्र विभिन्न समूहका नेताबीचको रस्साकस्सीका कारण उम्मेदवार छनोटमा ढिलाइ भएको थियो। आन्तरिक असहमतिलाई मिलाउँदै अन्तिम समयमा सूची टुंग्याएर बुझाएको हो । कांग्रेस नेताका अनुसार बन्दसूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन । जसमा कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ