काठमाडौं, पुस १५ :

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत ६४ वटा राजनीतिक दलले आफ्नो उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।

निर्वाचन आयोगका अनुसार  ५८ वटा निर्वाचन चिह्नमार्फत चुनावी प्रतिस्पर्धामा सहभागी हुने गरी  ६४ वटा राजनीतिक दलले बन्दसूची बुझाएका हुन् ।

मंगलबार अपराह्नसम्म बन्दसूची बुझाउने क्रम जारी रहेको थियो। नेपाली कांग्रेसले बन्दसूचीलाई अन्तिम रूप दिन ढिलाइ गरेको थियो।   सोमबार रातिसम्म बन्दसूची बुझाउन प्रक्रियामा आएका सबै राजनीतिक दलबाट सूची संकलन गर्ने काम भएको आयोगले जनाएको छ। 

 केही दलले नियमानुसार ५० हजार रुपैयाँ धरौटी बुझाएर बन्दसूची दर्ता गरेका थिए।