बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

शेखर कोइरालाको दाबी : नेपालमा शक्तिशाली देशहरूको चलखेल छ

विदेशी शक्तिहरूले नेपाली राजनीतिप्रति चासो र चिन्ता दुवै राखेको कोइरालाको भनाइ छ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १५ पुस, २०८२ मा प्रकाशित
शेखर कोइरालाको दाबी : नेपालमा शक्तिशाली देशहरूको चलखेल  छ
काठमाडौं, पुस १५ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी मुलुक तथा विश्वका शक्तिशाली देशहरूको चलखेल रहेको दाबी गरेका छन्।

काठमाडौंको थापागाउँमा मंगलबार आयोजित मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको भौगोलिक अवस्थिति रणनीतिक भएकाले विदेशी चासो स्वाभाविक रहेको बताए।

‘नेपाल जहाँ अवस्थित छ, एकदमै स्ट्राटेजिक लोकेसनमा छ। विश्वमा नेपालजस्तो रणनीतिक स्थानमा रहेका देश धेरै छैनन्,’ कोइरालाले भने, ‘हाम्रो उत्तर र दक्षिणमा दुई ठूला छिमेकी छन् र विश्वका शक्तिशाली देशहरूको पनि यहाँ चलखेल छ।’

उनले नेपालमा विदेशी चलखेल छैन भनेर नकार्न नमिल्ने स्पष्ट पारे। विदेशी शक्तिहरूले नेपाली राजनीतिप्रति चासो र चिन्ता दुवै राखेको कोइरालाको भनाइ छ।

कोइरालाले विदेशी शक्तिहरूले सधैं नेपाली नेताहरूलाई जनताप्रति जिम्मेवार बन्न र जनताको काम इमान्दारितापूर्वक गर्न सुझाव दिँदै आएको पनि बताए। उनले दलका नेताहरू आफ्नै स्वार्थ र सत्ता टिकाइराख्न गलत निर्णय लिने प्रवृत्ति बढेकोप्रति पनि आलोचना गरे।

आगामी दिनमा बन्ने सरकारहरूले गलत कामलाई प्राथमिकतामा नराख्ने र गलत गर्नेहरूलाई दण्डित गर्ने प्रतिबद्धता जनाए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार