
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस मसान्त भित्रै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने तयारीमा अघि बढेको बताएका छन्।
मेलमिलाप दिवसको शुभकामना दिँदै उनले सम्पूर्ण कांग्रेस कार्यकर्तालाई एकताबद्ध भएर विशेष महाधिवेशनको लागि हातेमालो गर्न आह्वान गरेका छन्। राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको जिम्मेवारी भएको बताउँदै थापाले यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेको बताए ।तोकिएको मितिमा नियमित महाधिवेशन नहुने परिस्थिति बन्दै गएपछि थापाले विशेष महाधिवेशनमा जोड दिएका हुन् ।
थापाका अनुसार पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।
नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विवाद सल्टाउँदै कांग्रेसले पुस २६ देखि २८ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यसमितिको बेठकले करिब डेढ महिना लगाएर महाधिवेशनको मिति तोके पनि त्यसमा नहुने लगभग निश्चित जस्तै भएको छ । तसर्थ नेताहरुलाई नै मिति सर्न सक्ने बताउँदै आएका छन् ।