बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

कांग्रेस विशेष महाधिवेशनको तयारी अघि बढ्यो, पुस २७-२८ का लागि भृकुटीमण्डपको हल बुकिङ

विशेष महाधिवेशन पक्षधर भन्छन्- नीति, नियम र विधानअनुसार ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर हुँदाहुँदै पनि विशेष महाधिवेशन नगर्नु संविधान र विधानको उल्लङ्घन हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ पुस, २०८२ मा प्रकाशित
कांग्रेस विशेष महाधिवेशनको तयारी अघि बढ्यो, पुस २७-२८ का लागि भृकुटीमण्डपको हल बुकिङ
काठमाडौं, पुस १७ :

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले मिति तोकेरै महाधिवेशन गर्ने तयारी तीव्र पारेको छ। 

सोही तयारीअनुसार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको हल पुस २७ र २८ गतेका लागि दुई दिन बुक गरिएको छ। विशेष महाधिवेशनका लागि हल बुक गर्न ७ लाख ५० हजार रुपैयाँसमेत बुझाइसकिएको स्रोतले जनाएको छ।

१५औँ महाधिवेशन कार्यतालिकाअनुसार प्रक्रिया अघि नबढेपछि विशेष महाधिवेशन अपरिहार्य बनेको दाबी गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूसहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सक्रिय भएका हुन्।

यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए। विधानअनुसार नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बाध्यकारी हुने उनीहरूको तर्क छ।

महामन्त्रीद्वय थापा र शर्माले आज सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउनुका साथै विशेष महाधिवेशनको अध्यक्षता ग्रहण गरिदिन आग्रह गर्ने तयारी गरेका थिए। तर, सभापति देउवाले समय नदिएपछि भेटघाट हुन नसकेको केन्द्रीय सदस्य अजय शिवाकोटीले जानकारी दिए। आज साँझ ५ बजे सभापति देउवा, कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा तथा नेता रमेश लेखकबीच छलफल तय भएको थियो।

विशेष महाधिवेशन पक्षधरहरूले नीति, नियम र विधानअनुसार ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर हुँदाहुँदै पनि विशेष महाधिवेशन नगर्नु संविधान र विधानको उल्लङ्घन हुने दाबी गर्दै आएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार