बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सर्वोच्चको अवलोकन : पूर्वराष्ट्रपतिले भनिन्- ऐतिहासिक धरोहर जलेकोमा एकदमै दुःख लाग्यो

पूर्वराष्ट्रपति भण्डारी र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १८ पुस, २०८२ मा प्रकाशित
सर्वोच्चको अवलोकन : पूर्वराष्ट्रपतिले भनिन्- ऐतिहासिक धरोहर जलेकोमा एकदमै दुःख लाग्यो
काठमाडौं, पुस १८ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा आगजनी गरिएको सर्वोच्च अदालत भवनको अवलोकन गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी थिइन्। पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य रजिस्ट्रार विमल पौडेलले सर्वोच्च अदालतको अवलोकन गराउनुका साथै जेनजी आन्दोलनमा भएको क्षतिका विषयमा जानकारी गराएका थिए। 

जलेको सर्वोच्च अदालतको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले दुःख लागेको बताइन्। उनले भनिन्,‘न्यायको मूर्ति भएको ठाउँ, ऐतिहासिक धरोहर जलेकोमा एकदमै दुःख लागेको छ।’ उनले तत्काल पुनर्निर्माण गर्नुपर्नेमा जोड दिइन्।

त्यसक्रममा भण्डारी र सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार