बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन #केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन
राजनीति

कांग्रेस संस्थापन पक्षको निष्कर्ष : विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो

कसैले जबर्जस्ती बोलाए त्यो अवैधानिक हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
कांग्रेस संस्थापन पक्षको निष्कर्ष : विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो
फाइल तस्बिर ।
काठमाडौं, पुस २० :

कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ ।

सभापति देउवा निवास महाराजगंजमा आइतबार बसेको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै कसैले जबर्जस्ती बोलाए त्यो अवैधानिक हुने उल्लेख गरेको छ।

बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउनुपर्ने जरुरत नरहेको सन्देश प्रवाह गर्ने निर्णय भएको जानकारी दिए । साथै बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गरिएको उनले बताए ।

यसैबीच कांग्रेसले पुनः कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । बैठक पुस २१ गते सोमबार दिउसो १ बजे बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । पुसमा हुने भनिएको पार्टीको महाधिवेशन बैशाखमा सारिएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमा नै विशेष महाधिवेशन गर्ने अडान राख्दै आएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार