बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति

कृष्णप्रसाद सिटौलाको दाबी : विशेष महाधिवेशन हुनै दिँदैनौं

‘प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले कसैसँग तालमेल गर्दैन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ पुस, २०८२ मा प्रकाशित
कृष्णप्रसाद सिटौलाको दाबी : विशेष महाधिवेशन हुनै दिँदैनौं
फाइल तस्बिर ।
काठमाडौं, पुस २१ :

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा गरेका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले विशेष महाधिवेशन हुनै नदिने र पार्टीलाई पनि कमजोर हुन नदिने बताए ।

उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’ विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई समेत उनले काठमाडौं नआउन आग्रह गरे ।

 महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा महाधिवेशन प्रतिनिधिको माग बमोजिम विशेष महाधिवेशनका लागि सक्रिय भएर लागेका छन् । यही पुस २७-२८ गते भृकुटीमण्डपमा गर्ने गरी तयारी अगाडि बढाएका छन् ।

यसैबीच नेता सिटौलाले प्रतिनिधिसभाको निर्वाचनमा पार्टी कसैसँग पनि तालमेल नगर्ने समेत बताएका छन् । राष्ट्रिय सभामा रणनितीक तालमेल हने भए पनि प्रतिनिधिसभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको स्पष्ट पारे । ‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ’, उनले भने ,‘प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै हो ।’

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार