नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य गर्न आन्तरिक छलफल तीव्र बनाएको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा बसेको पार्टी कार्यसम्पादन समितिमा राष्ट्रियसभा निर्वाचनमा अन्यदलसंग तालमेल गर्नेबारे छलफल भएको हो ।
तालमेलका विषयमा एमालेसहित अन्य दलसँग छलफल गरेर कार्यसम्पादन समिति मंगलबार पुनः बस्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मंगलबार (भोलि) बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने भएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले १८ मध्ये ८ सिटमा दाबी गरेको छ।
राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेलका लागि पार्टीमा छलफल भएपनि प्रतिनिधिसभा निर्वाचनमा भने गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे छलफल नभएको उनले बताए ।
बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा तालमेलका लागि अन्य दलसंग भएको छलफलबा बारेमा जानकारी गराएका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ