बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

नियमित महाधिवेशनमा ध्यान केन्द्रीत गर्न कांग्रेसका पाँच प्रदेश सभापतिको आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २१ पुस, २०८२ मा प्रकाशित
नियमित महाधिवेशनमा ध्यान केन्द्रीत गर्न कांग्रेसका पाँच प्रदेश सभापतिको आह्वान
काठमाडौं, पुस २१ :

नेपाली कांग्रेसका विभिन्न पाँच प्रदेश सभापतिहरुले वैशाखमा तय भएको नियमित महाधिवेशन र आसन्न निर्वाचनमा ध्यान केन्द्रीत गर्न आह्वान गरेका छन् ।

सोमबार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पार्टी सभापतिहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नियमित महाधिवेशनको मिति तय भएसंगै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले नियमित महाधिवेशन र आसन्न निर्वाचनमा ध्यान केन्द्रीत गर्न आह्वान गरेका हुन् ।

महाधिवेशनपूर्व अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य समयमा नै हुन नसकेकाले वैशाखमा नियमित महाधिवेशन आयोजना गर्न लागिएको उनीहरुले बताएका छन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीर बहादुर बलायरले नियमित महाधिवेशनको मिति घोषण भएको अवस्थामा विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएकाले एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र आम निर्वाचनमा पार्टीका उमेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न अनुरोध गरिएको जानकारी दिए । उनले संस्थागत रुपमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्थामा कुनै व्यक्तिले गर्ने विशेष महाधिवेशनको कुनै अर्थ नरहने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार